नक्कली नोटसहित दुई जना पक्राउ

डिसी नेपाल
११ मंसिर २०८१ १३:०७
104
Shares

इटहरी । सुनसरीबाट प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ। सुनसरीको कोशी गाउँपालिका-१ स्थित लौकही बजारबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैचाका २० वर्षीय सन्देश उराव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए।

उनीहरूको साथबाट एक हजार दरको चार थान नक्कली नोट बरामद गरेको प्रहरीको भनाइ छ। सोमबार राति साढे ८ बजेतिर लौकही बजारमा रहेको मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी एक हजारको नोट दिएका थिए। उक्त नोट नक्कली रहेको शंकामा पसल धनीले प्रहरीलाई खबर गरेसँगै इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट दुई थान र सामान किनेको दुईओटा पसलबाट एक/एक थान एक हजार दरका नक्कली नोट बरामद गरेको जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *