श्रममन्त्री भण्डारी भन्छन्- सामाजिक सुरक्षा कोषमा निजी क्षेत्र आवद्ध हुनैपर्छ

डिसी नेपाल
११ मंसिर २०८१ १६:३४
100
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीले सामाजिक सुरक्षा योजना कार्यान्वयनका जटिलता अन्त्य गर्न मन्त्रालयले विज्ञ समिति गठन गरेर अध्ययन गरिरहेको बताएका छन्।

मंगलबार सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कोषका योजनालाई समयसापेक्ष बनाउन बाधक नीतिगत तथा कानुनी विषय निरुपण गर्न लागिपरेको बताए।

श्रमिकको जीवनमा आइपर्ने ‘कोखदेखि शोकसम्म’का अप्ठ्यारामा सामाजिक सुरक्षा कोषले आर्थिक दायित्व बहन गर्दै आइरहेको उनको भनाइ थियो। सरकारी सेवामा रहेका अस्थायी र करारका कर्मचारीलाई कोषमा आवद्ध गराउन अर्थ मन्त्रालयसँग परामर्श भइरहेको जानकारी दिँदै उनले निजी क्षेत्रलाई पनि कोषमा आवद्ध हुन आग्रह गरेका छन्।

हाल कोषमा १८ लाख श्रमिक सूचीकृत भइसकेका छन्। सोमबारसम्म औपचारिक क्षेत्रका पाँच लाख ४३ हजार चार सय ९१, वैदेशिक रोजगारमा रहेका १२ लाख ५३ हजार छ सय १५, अनौपचारिक क्षेत्रका तीन सय सात र स्वरोजगार क्षेत्रका दुई सय २७ गरी १७ लाख ९७ हजार छ सय ४० श्रमिक कोषमा आबद्ध भएको कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *