कपिलवस्तुबाट पेस्तोलसहित २१ वर्षीय युवक पक्राउ

डिसी नेपाल
११ मंसिर २०८१ १७:१५
200
Shares

काठमाडौं । कपिलवस्तुबाट प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।

मायादेवी गाउँपालिका-६ डुमरा बस्ने २१ वर्षीय सद्दाम हुसेन फकिरलाई सोमबार प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो।

उनको साथबाट डेन्जर टोइ एयर लेखिएको एक थान पेस्तोल, ४३ छर्रा, ६ वटा धमाका र एउटा मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी निरन्जन भट्टले जानकारी दिए।

मोटरसाइकल चोरी गर्न खोजिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त हतियारसहित पक्राउ गरेको हो। थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *