काठमाडौं १६ मा रास्वपाकी रोजिनालाई स्वतन्त्र उम्मेदवार पन्तको समर्थन

डिसी नेपाल
११ मंसिर २०८१ १७:३०
1.1k
Shares

काठमाडौं । काठमाडौं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठलाई स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले समर्थन गरेका छन्।

मंसिर १६ गते हुने उपनिर्वाचनअन्तर्गत काठमाडौं १६ मा पन्तले रास्वपासँग आफ्नो प्रतिवद्धता मिल्न पुगेकाले समर्थन गरेको बताएका छन्।

पछिल्लो राजनीतिका विभिन्न पक्षको विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएकी श्रेष्ठ (चुनाव चिन्ह घण्टी) एक सशक्त उम्मेदवार भएको अनुभूति आफूले गरेको उनको भनाइ छ।

‘स्थानीयस्तरमा लामो समय सामाजिक कार्यमा संलग्न भई वडाको वृहत्तर विकासमा समेत योगदान पुर्याउनु भएकी कानूनमा स्नातक तथा व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन पूरा गर्नुभएकी एक सफल व्यवसायी एवं महिला नेतृले म लगायत परिवर्तनका पक्षधरहरुको भावना समेटेर काम गर्ने कुरामा म विश्वास्त छु। तसर्थ का.म.पा. वडा नं. १६ मा उहाँलाई समर्थन गर्ने मैले निर्णय लिएको छु,’ उनले भनेका छन्।

उनलाई विजयी गराएर वडामार्फत् महानगरपालिकाको समग्र विकासको लागि महत्त्वपूर्ण योगदान दिन सकिनेमा आफू विश्वस्त रहेको पन्तको भनाइ छ। ‘स्वतन्त्र उम्मेदवारीमार्फत् वडा नम्बर १६ बनाउने पवित्र उद्देश्य बोकी वडा अध्यक्षको प्रतिस्पर्धामा होमिनुभएका सबै स्वतन्त्र अभियन्ता उम्मेदवार साथीहरुलाई पनि यो अभियानमा जोडिएर साथ दिनुहुन हार्दिक अपील गर्दछु,’ उनले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *