रास्वपाका सांसदविरुद्धको अदालतको अवहेलना मुद्दामा प्रमाण पेश गर्ने आदेश

डिसी नेपाल
११ मंसिर २०८१ १८:१९
428
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसदविरुद्ध दायर भएको अदालतको अपहेलना मुद्दामा प्रमाण पेश गर्ने आदेश भएको छ।

न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले निवेदनका साथ उल्लेखित विवरणहरुसँग सम्बन्धित कागजात र प्रमाणहरु पेश गर्न आदेश दिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ भएपछि रास्वपाका केन्द्रीय पदाधिकारी एवं सांसदहरुले पोखरामा प्रदर्शन गर्दै आएका थिए।

प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दवाव स्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *