लुम्बिनी प्रदेश सांसद चौधरी एमाले कारबाहीमा, पार्टीको साधारण सदस्यबाटै निलम्बित

डिसी नेपाल
११ मंसिर २०८१ १८:४४
804
Shares

बुटवल । लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई नेकपा एमाले बाँके जिल्ला कमिटीले पार्टी सदस्यबाट लिनम्बन गरेको छ।

पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्‍नेलगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले बताए।

बाँके–१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पूर्वमन्त्रीसमेत हुन्।

माओवादीबाट एमाले आएका चौधरी गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा उपसचिव पदमा पराजित भएसँगै पार्टीप्रति रुष्ट रहँदै आएका थिए।

उपसचिव पराजित भएपछि उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको आलोचना गर्दै आएका थिए।

उनलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कार्बाहीको व्यवस्था अनुरुप पार्टी सदस्यबाट निलम्बन गरिएको गुरुङले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *