दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आदेश आउँदै

डिसी नेपाल
१२ मंसिर २०८१ १६:२१
408
Shares

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै छोरा निराजनले दिएको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चमा सुनुवाइ सकिएको छ। आजको सुनुवाइ सकिएसँगै प्रसाईंलाई थुनामा राखिरहने कि थुनामुक्त गर्ने भन्ने विषयमा केहीबेरमा आदेश आउँदैछ।

न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो।

यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको थियो। सोही आदेशअनुसार मंगलबार प्रहरीले प्रसाईलाई अदालत उपस्थित गराएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत प्रचार गरेको भन्दै विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा प्रहरीले मंसिर ४ मा प्रसाईंलाई पक्राउ गरेको थियो।

रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो र काठमाडौं जिल्ला अदालत ववरमहललाई विपक्षी बनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *