गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा : कमल थापा
बिराटनगर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन्।
मुलुकमा देखिएको सम्पूर्ण रोग,भोक, गरिबी, अशिक्षा र पछौटेपनको एक मात्र कारण सनातन हिन्दु धर्म, राजसंस्था, एकात्मक शासन प्रणाली भएको गलत भाष्य निर्माण गर्दै भ्रमको खेती गरी षड्यन्त्र पूर्बक ढंगबाट राजसंस्था र सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त गरिएको समेत थापाले बताएका छन्।
आज बिराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बिदेशीहरुको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देश भित्रका पार्टीहरुलाई प्रयोग गरिएको थापाले आरोप लगाए।
सबै समस्याको अचुक रामबाण औसधि गणतन्त्र ,धर्म निरपेक्षता र संघीयता हो भन्दै भ्रम सिर्जना गर्न बिदेशीले करोडौ पैसा खर्च गरेको समेत उनको टिप्पणी थियो। बिदेशीको दबाब, प्रभाब र सत्तास्वार्थमा माओवादीसँगै काङ्ग्रेस एमाले पनि बहकिएको भन्दै थापाले माओवादीमार्फत बिदेशीले खेलेको र काङ्ग्रेस एमाले समेत प्रयोग भएको बताए।
अहिलेको भ्रष्ट ब्यबस्था र शासकबाट मुक्ती पाउनको लागि जनता सडकमा आउनुपर्नेमा जोड दिँदै थापाले सबै राष्ट्रबादी, हिन्दुबादी र संघीयता बिरोधीहरु एक ठाउँमा आउनुपर्न औंल्याए।
समान बिचार भएकाहरु एक ठाउँमा आउन ढिला गर्न नहुने भन्दै थापाले एजेन्डा स्थापित गर्नको लागि ठूलो छाती र त्यागको भावना आबस्य पर्ने स्पष्ट पारे। “पद प्रतिष्ठा,स्वार्थ ,महत्त्वकांक्षा पालेर राष्ट्रबादी आन्दोलन टुङ्गोमा नपुग्ने भन्दै थापाले राप्रपा नेपाल सबै त्यागेर एजेन्डा केन्द्रित हुनेछ” थापाले भने।
कार्यक्रममा पूर्ब उपप्रधानमन्त्री बद्रिप्रसाद मण्डल र वरिष्ठ राजनीतिज्ञ जितबहादुर अर्जेलले आन्दोलनको आबश्यकता र औचित्य बारे प्रकाश पारेका थिए। कार्यक्रममा तत्कालीन मोरङ जिबिसका सभापति बल्लब प्रसाद दाहाल सहित दर्जनौं ब्यक्तिहरु राप्रपा नेपाल प्रबेश गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment