वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
काठमाडौं । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क तेयोङले शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री शाहीले सन् १९७४ देखि दक्षिण कोरिया र नेपालबीचको सम्बन्ध कायम रहेको र यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने बताए।
मन्त्री शाहीले नेपालले हालै सप्पन्न कोप–२९ मा कार्बन व्यापारको विषय उठाएको र उक्त मुद्दा सफल भएको उल्लेख गरे। दक्षिण कोरियाले नेपालको विकास निर्माणमा सहयोग गरिरहेको र भावी दिनमा पनि कोरियाले नेपालको विकासमा सहयोग गर्ने अपेक्षा राखेको मन्त्री शाहीको भनाइ थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment