प्रेम प्रस्ताव राख्दै भिडियो कलमा गोप्य अंग देखाउन भन्ने युवक प्रहरी खोलमा

डिसी नेपाल
१४ मंसिर २०८१ १४:००
656
Shares

काठमाडौं । प्रेम प्रस्ताव राख्दै भिडियो कलमार्फत युवतीको गोप्य अंग देखाउन भन्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट तलाखु–५ घर शिवपुरी–१ बस्ने ३५ वर्षीय सुरेन्द्र केसी रहेका छन्। उनलाई प्रहरीले साइबर क्राइमअन्तर्गत पक्राउ गरेको हो।

केसीले एक युवतीलाई सामाजिक सञ्जालमा पहिला साथी बनाएका थिए। त्यसपछि उनले प्रेम प्रस्ताव राख्दै भिडिओ कल गरेर गोप्य अंग देखाउन लगाएका थिए। उनीसँगको कुराकानी रेकर्ड गर्दै केसीले युवती र उनका आफन्तलाई पठाएका थिए।

युवतीको बेइज्जती गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ। उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत ५ दिन म्याद थपिएको ब्यूरोले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *