काठमाडौंका केही स्थानमा बिहान १० देखि दिउँसो २ बजेसम्म बिजुली काटिने

डिसी नेपाल
१५ मंसिर २०८१ ११:०१
268
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको हो।

प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिनेछ।

ती स्थानमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायतका काम गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो। लाइन काटिँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले पहिल्यक्षमा मागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *