No ads found for this position
No ads found for this position

चियाखेती प्रवर्द्धनमा ध्यान दिनुपर्छ: मुख्यमन्त्री कार्की

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१५ मंसिर २०८१ २०:०५
32
Shares
No ads found for this position

दमक (झापा)। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चियाको बजार प्रशस्त भए पनि लक्ष्यअनुसार बजार प्रवर्द्धन गर्न नसकिएको बताएका छन्।

झापाको दमकमा माङमालुङ चिया बगान लिमिटेड प्रालि माङ्सेबुङ गाउँपालिका–६ चिसापानी पञ्चमी, इलामको २८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले नेपाली चिया गुणस्तरीय भए पनि अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन नसक्दा कतिपय चिया उद्योगहरू धराशयी बन्न पुगेको बताए। उनले भने, “चियाको प्रशस्त बजार भए पनि हाम्रो चियाले त्यसको फाइदा लिन सकिएको छैन, त्यसमा उद्योगीहरूको ध्यान जानुपर्छ।”

नेपालमा चियाखेतीको एक सय ७५ वर्ष लामो इतिहास भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले स्वदेश मात्र नभई विश्व बजारसम्म चियाको बजार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। कोशी प्रदेशका चिया उद्योगले देशकै चिया उत्पादनको करिब ९० प्रतिशत हिस्सा ओगटेको उहाँको भनाइ थियो। चियाले चिनिएको यस प्रदेशलाई अब चियाको बजार खोज्ने मात्र नभएर आफ्नो ब्रान्ड स्थापित गर्नेतर्फ पनि उद्योगीहरूको ध्यान जानुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री कार्कीले चियाको बजारीकरणमा टेवा पुर्‍याउन प्रदेश सरकारले चियाकै राजधानी इलाममा आउँदो वैशाखतिर अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन गर्न लागिएको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *