No ads found for this position
No ads found for this position

घरेलु उत्पादनलाई बजारीकरणको व्यवस्था मिलाइने छ’

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१५ मंसिर २०८१ २२:२२
60
Shares
No ads found for this position

कुनौली (सप्तरी)। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले घरेलु उत्पादनलाई बजारीकरणको व्यवस्था गरिने बताएका छन्।

सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका–१ को ॐसृजन कृषि सहकारी संस्थाको वार्षिक साधारणसभामा आज उनले महिलालाई व्यावसायिक रूपमा घरेलु उत्पादनमा लाग्न आग्रह गरे। मुख्यमन्त्री सिंहले स्थानीय खानेकुरा तिलोरी, चरोरी, पापडलगायत समानहरू तयार पार्न सुझाव दिँदै त्यसलाई बजारीकरणका लागि सरकारले व्यवस्था मिलाउने आश्वासन दिए। “यहाँ प्रयोग भएको फूलको माला पनि बाहिरबाट किनेर ल्याइएको होला। अब आफैँ किन उत्पादन नगर्ने रु तपाईंहरू यहाँ पाँच, दश बिघामा फूलको खेती गर्न चाहनुहुन्छ भने सरकारले आवश्यक सहयोग गर्छ”, उनले भने।

युवाहरू विदेशमा गएर यस्तै काम गर्ने तर देशमै नगर्नाले देशपछाडि परेको मुख्यमन्त्री सिंहको भनाइ थियो। “पढेर कोही खेती गर्छ भने यहाँ समाजले पनि फलानोको छोरा पढेर पनि केही गर्न सकेन भनेर कुरा काट्छ। यस्तो प्रवृत्ति बन्द हुनुपर्छ, कामलाई प्रोत्साहन गर्नुपर्छ अनि मात्र देश र मधेश समृद्ध हुन्छ”, उनले थप हौसला भरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *