नवनियुक्त राजदूतहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा विभिन्न मुलुकका लागि नियुक्त नेपाली राजदूतले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, सङ्घीय गणतन्त्र जर्मनीका लागि डा. शैल रूपाखेती, साउदी अरेबिया अधिराज्यका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवले सपथ लिएका हुन्।
उक्त अवसरमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment