No ads found for this position
No ads found for this position

मन्त्रिपरिषद्का १७ निर्णय : प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृतदेखि धितोपत्र बोर्डको अध्यक्ष नियुक्तसम्म

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१६ मंसिर २०८१ १७:०५
596
Shares
No ads found for this position

काठमाडौं । सरकारले गत साता बसेका २ वटा मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गत साता बसेका २ मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्री गुरुङले मंसिर १० गतेको बैठकले गरेको ९ निर्णय र मंसिर १३ गतेको बैठकले गरेका ८ निर्णय गरेर जम्मा १७ वटा निर्णय सार्वजनिक गरेका हुन्। ति बैठकमध्ये पहिलो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि परराष्ट्रमन्त्री आरजु राणाको चीन भ्रमण स्वीकृत गरेको छ भने दोस्रो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ।

पहिलो बैठकले नै नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ भने लेखामान बोर्डको अध्यक्ष पदमा सुनिरकुमार ढुंगेललाई र लेखापरीक्षणमान बोर्डको अध्यक्ष पदमा जगन्नाथ उपाध्यायालाई नियुक्त गरेको छ।

पहिलो बैठकले नै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको पुष ३ देखि १० गतेसम्मको गणतन्त्र कोरियामा फोहोरमैला व्यवस्थापनसम्बन्धी अध्ययन भ्रमणमा सहभागी हुनका लागि स्वीकृत दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *