उपनिर्वाचन: त्रिपुरासुन्दरी-५ मा माओवादी केन्द्रका झाँक्री विजयी

डिसी नेपाल
१७ मंसिर २०८१ १७:१०
604
Shares

ठूलीभेरी (डोल्पा)। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री विजयी भएका छन्। आइतबार भएको निर्वाचनमा उनी एक सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन्।

विजयी झाँक्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरबहादुर रोकाले एक सय १६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरे।

विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण २०८० माघमा निधन भएको थियो। त्यतिबेला उनले माओवादी केन्द्रका जंगबहादुर रोकायलाई पराजित गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *