कामपा-१६ की अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले १६ नम्बर वडाको अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
प्रमुख शाहले यही मङ्सिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका–१६ बाट निर्वाचित श्रेष्ठलाई आज महानगरपालिकाको कार्यकक्षमा आयोजित कार्यक्रममा शपथ गराएका हुन्।
काठमाडौंको ठमेल, नयाँबजार, बालाजु क्षेत्र समेटिएको सो वडाको २१ हजार २५ मतदातामध्ये १० हजार तीन सय ७६ मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएकी क्षेष्ठले दुई हजार नौ सय दुई मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएकी थिइन्।
शपथ ग्रहण कार्यक्रममा उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईँसहित अधिकारी उपस्थिति थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment