गढीमाई मेलाको सुरक्षामा कुनै कमी हुने छैनः गृहमन्त्री लेखक
बारा । गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गरेका छन्।
बुधबार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाईको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरीक्षण गरेका हुन्। गृहमन्त्री लेखले गढीमाई मन्दिरका पुजारीको हातबाट टिका र प्रसादसमेत ग्रहण गरेका छन्।
विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तर एउटै ठूलो पहिचान दिएकोले गढीमाई मन्दिरको संरक्षण लगाएत मेलालाई सभ्य र भब्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री रमेश लेखकले बताए।
गढीमाई मेलालाई ब्यवस्थित बनाउनको लागि आफूले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकि नरहने गरी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताए।
गढीमाई मेला पाँच वर्षमा एक पटक लाग्ने भएकोले मेलामा दर्शनार्थीको चाप बढी हुने गरेकोले सुरक्षामा कुनै कसर बाकी नरहने आवश्यक परेमा थप सुरक्षाकर्मीलाई मेलामा खटाइने गृहमन्त्री लेखकले सञ्चारकर्मीसँगको कुराकानीमा बताए। गृहमन्त्रीले सुरक्षा ब्यवस्थापनमा गृह मन्त्रालयले कुनै कमि बाकी नरहने प्रतिबद्धता गरेका छन्।
साथै, महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवसँग गृहमन्त्रीले गढीमाई मेलाको अवलोकन गरेर सुरक्षा ब्यवस्थापनको बारेमा जानकारी लिएका थिए।
विश्व प्रसिद्ध गढीमाई मेलामा अहिले दर्शनार्थीको चाप बढेको छ। गत मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेला मंसिर ३० गतेसम्म चल्ने छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment