माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै
काठमाडौं। नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दैछ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजका लागि पदाधिकारी बैठक बोलाएका छन्।
आज बिहान ८ बजे अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्। स्थानीय तह उपनिर्वाचनवाट हौसिएको माओवादीले त्यसको समीक्षा गर्ने र आसन्न केन्द्रीय कमिटी बैठकलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।
साथै, बैठकले अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे पनि निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment