स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई एकाइ गठन

डिसी नेपाल
२० मंसिर २०८१ १८:३६
40
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई एकाइ गठन गरेको छ।

उक्त एकाइमा संयोजक बास्तोलासहित सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद आचार्य र सूचना अधिकारी सदस्यको रुपमा रहेका छन्।

स्वास्थ्य मन्त्रालय र मातहत निकायहरुको काममा सेवाग्राही तथा सरोकारवालाको गुनासो सुनुवाई गर्न, सुझावहरुको कार्यान्वयन र जिज्ञासाको सम्बोधन गर्न उक्त एकाइ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यही मङ्सिर १६ गते गुनासो सुन्ने एकाइ गठन गर्ने निर्णय गरेका थिए। एकाइले सेवाग्राहीबाट प्राप्त गुनासो संकलन गर्ने, गुनासो सम्बोधनका लागि सम्बन्धित महाशाखामा तुरुन्त पेश गर्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *