मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व छः राष्ट्रपति
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विवाहपञ्चमीले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास लिएको बताएका छन्।
राष्ट्रपति पौडेलले विवाहपञ्चमीका अवसरमा विज्ञप्ति जारी गर्दै प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक, सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिएको उल्लेख गरेका छन्।
“प्राचीनकालदेखि मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व छ। यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास लिएको छु,” विज्ञप्तिमा उल्लेख छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment