बीआरआई सम्झौता देशका लागि सुखद् : झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बीआरआई) सम्झौता हुनु देशका लागि सुखद् भएको बताएका छन्।
चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग बीआरआई परियोजनामा सम्झौता गर्नु सुखद् भएको बताएका हुन्।
छिमेकी देशसँग राम्रो सम्बन्ध बनाउनु पर्ने र विश्वासमा चल्नुपर्ने उनले बताए। नेता खनालले नेपाल सरकारले अविलम्ब पारवहन सुविधा साकार बनाउन तत्काल अध्ययन जरुरी रहेको बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment