गृह नगरमै ओलीलाई देखाइयो कालो झण्डा
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहनगर दमकमा कालो झण्डा देखाइएको छ।
दमक नगरपालिका–३ मा डेढ अर्बभन्दा बढीको लागतमा बनेको भ्युटावर (बिजनेस कम्प्लेक्स) उद्घाटन गर्न जाँदै गर्दा आइतबार दिउँसो दमक चौकको आकाशे पुलनजिक पहिचानवादीले ओलीलाई कालो झण्डा देखाएका हुन्।
उनलाई कालो झण्डा देखाइएको भन्दै प्रहरीले ११ जना पहिचानवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एल पी पालुङवा, केदार धिमाल, मातृका धिमाल, गंगा राई शेर्मा, बिक्रम वनेम राई, याम लोरिङ्देनलगायत रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment