सल्यानमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

डिसी नेपाल
२४ मंसिर २०८१ १५:१९
84
Shares

सल्यान । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा बाँसखोलामा चालकको मृत्यु भएको छ।

जिल्लाको कालिमाटी गाउँपालिका–१ बाँसखोला नजिकै सोमबार से१च ५९५१ नम्बरको ट्र्याक्टर पल्टिँदा च्यापिएर तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्तीको थर्कुडाँडा घर भएका २८ वर्षीय चालक अनिल विकको मृत्यु भएको हो।

बाँसखोला नजिकै साँघुरो घुम्तीमा घुमाउने क्रममा ट्र्याक्टर पल्टिएको र चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *