काठमाडौंबाट धनगढीका लागि छुटेको बस दुर्घटना

डिसी नेपाल
२४ मंसिर २०८१ १९:१८
3.2k
Shares

धनगढी । काठमाडौंबाट धनगढीका लागि छुटेको बस आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मगुवामा दुर्घटना भएको छ।

काठमाडौंबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउन खोज्दा रुखमा ठोक्किएर दुर्घटना भएको हो।

बसमा २४ जना सवार रहेकोमा दुई जना सामान्य घाइते भएका छन्। घाइतेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

चालक कैलालीको गोदावरी नगरपालिका–१ का ३६ वर्षीय रामबहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *