नक्कली भारतीय आधार कार्ड बनाएर जुवा खेल्ने व्यक्ति पक्राउ
काठमाडौं । नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठमाडौं रातोपुल बस्दै आएका ३७ वर्षीय विशाल बर्तौलालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो।
उपत्यकाका विभिन्न स्थानमा रहेका क्यासिनोमा नेपाली नागरिकले नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाई प्रवेश गरी जुवा खेल्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं ठमेलस्थित छाया सेन्टरमा रहेको क्यासिनो वाल्डो डाइनेष्टीमा जुवा खेलिरहेको अवस्थामा बर्तौलालाई पक्राउ गरेको छ।
अनुसन्धानको क्रममा उनले क्यासिनो प्रवेश गरी जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्डसमेत बनाएको खुलेको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment