प्रचण्डको नातिनीको बिहेमा भारतीय प्रधानमन्त्रीको शुभकामना
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नातिनी स्मिता दाहाललाई वैवाहिक जीवनको शभकामना सन्देश पठाएका छन् । यो शुभकामना सन्देश आमा अर्थात् प्रचण्डकी कान्छी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा सेयर गरेकी छन्।
गंगा दाहाललाई सम्बोधन गर्दै गत डिसेम्बर २ मा पठाइएको पत्रमा भनिएको छ, ‘उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु। ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि तपाईँ र परिवारको लागि म हृदयदेखि आभारी छु । कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला।’
स्मिता गत शुक्रबार प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment