बाक्लो हुस्सु लाग्दा दाङको जनजीवन प्रभावित
दाङमा बाक्लो हुस्सु
दाङ, २७ मङ्सिर :
दाङको घोराही उपमहानगरपालिका-१५ स्थित रतनपुर क्षेत्रमा बिहीबार लागेको बाक्लो हुस्सु र घोराही-तुलसीपुर सडक खण्ड । तस्बिर : कुलदीप न्यौपाने/रासस
काठमाडौं । बाक्लो हुस्सुका कारण दाङको जनजीवन कष्टकर बन्दै गएको छ। कठ्याङग्रिँदो चिसोले अति विपन्न, गरिब, मजदुर र पिछडिएको दलित परिवार बढी प्रभावित भएका छन्। शरीर ढाक्ने न्यानो कपडा र राति ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्याङग्रिएरै बस्न बाध्य भएका हुन्।
घाम लाग्न छाडेपछि यस क्षेत्रको तापक्रम दिनहुँ घट्दै गइरहेको छ। चिसोले स–साना बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरु बढी प्रभावित भएका छन्। त्यस्ता व्यक्तिहरु चिसोले चाँडै बिरामी पर्ने भएकाले विशेष ख्याल गर्नुपर्ने चिकित्सकले सुझाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment