यस्तो छ बिहीबार सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ। बुधबार तोलामा २ हजार रुपैयाँले बढेको सुन आज पनि त्यही मूल्यमा किनबेच भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार पनि चाँदी सोही मूल्य कायम थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment