माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको बिहीबार स्थगित स्थायी समिति बैठक आज बस्ने भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण यसअघि बोलाइएको बैठक स्थगित भएको थियो। बैठक आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ।
बैठकमा माओवादी घटकसँगको एकता प्रक्रियालगायत विषयमा छलफल हुने बताइएको छ। बैठकमा आगामी पुस २ गतेदेखि तय भएको केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गर्ने सम्भावना रहेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment