सुनको मूल्य घट्यो
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला एक हजार दुई सय र चाँदी प्रतितोला ६५ घटेको हो।
बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय २५ मा कारोबार भएकामा आज एक हजार आठ सय ६० मा किनबेच हुने महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment