गुल्मीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, पाँच जना घाइते

डिसी नेपाल
२९ मंसिर २०८१ ६:५२
472
Shares

गुल्मी। गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका–४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा बुटवलबाट देउराली तर्फ आउँदै गरेको सु.प्र.१००१ ज १३८५ नं. को फोर्स गाडी ओरालो झर्दा मोडमा अनियन्त्रत भई दुर्घटना भएको हो।

शुक्रबार बेलुकी भएको दुर्घटनामा रेसुङ्गा नगरपालिका वडानम्बर-८ स्थायी घर भएका ४५ वर्षीय रबिन कुमार श्रीसलाई गुल्मी अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए।

उनका अनुसार, सवारी चालक जिल्ला गुल्मी मुसिकोट नगरपालिका २ देउरालीका २४ वर्षीय दिपक सुनार, सोही ठाउँका २० वर्षीय माधव आचार्य, ४३ वर्षीय गंगा भट्टराई, रेसुङगा नगरपालिका ८ छापटोला बस्ने ३८ वर्षीय बसन्ती श्रीस, बसन्ती श्रीसको छोरा ८ वर्षीय एक्सन श्रीस घाइते भएका छन्। मृतक रबिन कुमार श्रीस बसन्ती श्रीसका श्रीमान् हुन्।

घाइतेहरुको गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *