करेन्ट लागेर सुनसरीमा एक जनाको निधन, एक घाइते
इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका-४ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। अर्को एकजना घाइते भएका छन्।
पानी तान्ने मोटरबाट करेन्ट लागेर ३८ वर्षीय राजा मेहताको मृत्यु भएको र उनका १५ वर्षीया छोरा करण मेहता गम्भीर घाइते छन्।
करेन्ट लागेर बेहोस हुनुभएका राजा मेहतालाई कोशी अस्पताल विराटनगर पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका छोरा करण मेहताको उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment