डडेल्धुराबाट चितुवा नियन्त्रणमा
धनगढी । डडेल्धुराबाट चितुवा नियन्त्रणमा लिइएको छ। जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुने बजारमा दिउँसै चितुवा देखिएपछि नियन्त्रणमा लिइएको हो।
मंगलबार दिउँसो २ बजेको आसपास उक्त चितुवा देखिएको सूचना डिभिजन वन कार्यालय, डडेल्धुराले पाएपछि उक्त चितुवालाई नियन्त्रणमा लिएको छ।
चितुवालाई बेलुका ५ बजेको समयमा स्थानीय र प्रहरीको सहयोगमा उद्वार गरिएको हो। चितुवाको अवस्था केही असामान्य देखिएको वन कर्मचारीहरूले बताएका छन। चितुवाले मन्द विषादी खाएको हुनसक्ने आशंका गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment