दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट पोखरेलको इजलासमा

डिसी नेपाल
३ पुष २०८१ १२:३७
292
Shares

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा परेको छ।

प्रसाईंको थुनाविरुद्ध उनका छोरा निराजनले दोस्रो पटक सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। यसअघिको रिट सर्वोच्चले खारेज गरिदिएपछि दोस्रो पटक रिट दायर भएको हो।

काठमाडौं जिल्ला अदालतले साइबर अपराधबाहेक अर्कोमा म्याद थप गरेपछि निराजनले दोस्रो रिट दर्ता गराएका हुन्।

प्रहरीले दुःख दिने मनसाय राखेर पक्राउ र म्याद थप गराएको दाबीसहित छोरा निराजनले मंगलबार रिट दर्ता गराएका थिए। यसपटक निराजनको वारेस भएर नारद खवासले रिट दर्ता गराएका छन्।

प्रसाईं क्यान्सरजस्तो गम्भीर रोगको बिरामी भएको तर राज्यले दुःख दिने नियतले एकपछि अर्को आरोप लगाएर थुनेको भन्दै २४ घण्टाभित्र अदालतमा झिकाएर साधारण तारेखमा रिहा गर्न रिट निवेदनमा आदेश माग गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *