बुवाको चक्कु प्रहारबाट भक्तपुरमा छोराको मृत्यु

डिसी नेपाल
३ पुष २०८१ १२:४३
504
Shares

काठमाडौं । भक्तपुरमा बुवाले चक्कु प्रहार गर्दा छोराको ज्यान गएको छ।

भक्तपुर नगरपालिका–२ मा बस्दै आएका अछामको कमलनगर नगरपालिका–६, हात्तीबाचका ६३ वर्षीय दीपबहादुर शाही प्रहरीले छोराको हत्या आरोपमा पक्राउ गरेको छ।

उनले ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीमाथि मंगलबार राति घरायसी विवादका क्रममा चक्कु प्रहार गरेका थिए।

बुवाले प्रहार गरेको चक्कु लागेर गम्भीर घाइते भएका नरेन्द्रको भक्तपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। दीपबहादुरलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *