दुर्गा प्रसाईंले बैंकविरुद्ध दायर गरेको रिट खारेज
विराटनगर । विवादित मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ।
बैंकले ऋण असुल गर्न ताकेता गरेपछि ऋण नतिर्ने अभियान सञ्चालन गरेका प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेकोमा मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले रिट खारेज गरिदिएको हो।
कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले रिट दाएर गरेका थिए। रिट खारेज भएसँगै प्रसाईंले ऋण लिएका बैंकलाई ऋण असुलीको बाटो खुलेको छ।
प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट ऋण लिएका थिए। आफूले पनि ऋण नतिर्ने र ऋण लिएकाहरूलाई समेत उनले भड्काउँदै आएका थिए।
ऋण असुलीको बाटो खुलेसँगै प्रसाईंले ऋण नतिरे धितो लिलामीबाट बैंकले ऋण असुल गर्न सक्नेछन्। पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि दुर्गा प्रसाईंले चार वटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक अभिव्यक्ति दिएपछि प्रसाईं गत मंसिर ४ गतेदेखि प्रहरी हिरासतमा छन्। उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दामा दर्ता भएकोमा जिल्ला अदालत काठमाडौंले ४० हजार धरौटीमा छाड्न आदेश दिएको थियो। तर, संगठित अपराध र अपराधिक लाभको कसूरमा उनीमाथि अर्को मु्द्दामा छानबिन भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment