परराष्ट्रमन्त्री डा देउवा जर्मनीबाट भारत प्रस्थान

डिसी नेपाल
३ पुष २०८१ २१:०४
240
Shares

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन्।

परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरकी थिइन्। जर्मनीमा रहँदा उनले यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन्।

सो अवसरमा परराष्ट्रमन्त्री देउवाले लैङ्गिक अल्पसङ्ख्ययकहरूले विश्वभर सामना गर्नुपरेका हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गरिन्। साथै, उनले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औँल्याउँदै, नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाका विषयमा चर्चा गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *