ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ

डिसी नेपाल
४ पुष २०८१ ९:४४
76
Shares

धनगढी । कैलालीबाट ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ परेका छन्।

ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष १० महिना ९ दिन कैद सजाय तोकिएको घोडाघोडी नगरपालिका-१० बस्ने २२ वर्षीय राज कुमार चौधरी पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको मिति २०८१ असार २८ गतेको फैसलाले दोषी ठहर गरेपछि उनी फरार रहेका थिए। चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले मिति बधबार उनकै घरबाट पक्राउ गरेको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *