रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी- मिडिया स्टन्ट गरेर उदाएका शक्ति विस्थापितको बाटोमा
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसैको दुरुपयोग गरेर विस्थापित हुने बाटोमा अग्रसर भएको टिप्पणी गरेका छन्।
‘सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उद्याएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन्। अति सर्वत्र वर्जयेत्’, महासचिव पोखरेलले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्।
रास्वपा कार्यकर्ताले पार्टी सभापति रवि लामिछानेको हिरासतमा सुतेको तस्बिर सार्वजनिक गरेपछि त्यसको पक्ष र विपक्षमा चर्को टिप्पणी भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment