परराष्ट्रमन्त्री राणाले दिल्लीमा नेपाल-भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

डिसी नेपाल
४ पुष २०८१ १७:०६
80
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेकी छन्। युरोपका केही कार्यक्रममा सहभागी भएर उनी बिहीबार नयाँ दिल्ली पुगेकी हुन्।

भारतमा रहँदा राणाले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसपछि मन्त्री डा. राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउने छिन्। उनी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *