दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ हुँदै
काठमाडौं। व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाई हुँदैछ।
सो निवेदन सर्वोच्चका न्यायाधीशद्धय सारंगा सुवेदी र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी परेको छ। यसअघि सुनिलकुमार पोखरेलको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो। प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै गत साता उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा निवेदन दिएका थिए।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेपछि पक्राउ परेका प्रसाईं ४० हजार धरौटी तिरेर रिहा भएका थिए । तर,लगत्तै उनी आपराधीक लाभ हानी सम्बन्धिको कसुरमा पक्राउ परेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment