चर्च ब्वाइज क्लब झापा कपको फाइनलमा
झापा। चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमीफाइनलमा सिरहाको सहलेश युवा क्लबमाथि १-० को कठिन जित निकाल्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो।
प्रतियोगिता प्रारम्भ भएको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको गोलले चर्च ब्वाइजका लागि गोल गरेका हुन् । चर्च ब्वाइजले खेल अवधिभर सहलेशको कडा दबाब झेलेको थियो। विपक्षी पोस्टमा आक्रमण गर्न नसके पनि खेलको अन्तिमतिर चर्च गोल गर्न सफल भएको हो।
प्रतियोगितामा ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका गोलकर्ता अर्मन्ड घोषित भएर नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन्। शनिबार सेमिफाइनल खेल सुनसरीको राष्ट्रिय जागृति क्लब र काठमाडौंको एनआरटी क्लबबीच हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment