एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर
काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ। फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ। सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन्।
दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रँदै छन्। फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment