प्रधानमन्त्रीद्वारा फाइनल टोलीलाई जितको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रतिस्पर्धा गर्ने टोलीलाई जितको शुभकामना दिएका छन्।
‘मलाई एनपीएलको फाइनल खेल मैदानमा नै गएर हेर्न मन थियो। तर, महिनौ अघि तय भएको कार्यक्रमका लागि इटहरी जाँदैछु। आजको रोमाञ्चक खेलमा दुबै टोलीलाई जितको शुभकामना,’ ओलीले शुभकामना भिडियो सन्देशमा भनेका छन्।
शनिबार एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्दैछन्। खेल अपरान्ह १२:१५ मा सुरु हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment