‘पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छ’
फाइल फाेटाे
धनगढी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार हुनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल प्रजातन्त्र सेनानी संघको आज यहाँ आयोजित प्रथम अधिवेशनमा उनले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्छ भने। पार्टीका धेरै नेता कार्यकर्ताले आफूहरुले न्याय नपाएको गुनासो गरेका बताए। नेता कोइरालाले भने, ‘पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ।’
त्यस अवसरमा कांग्रेसका नेता डा सुनिल शर्मा, सञ्जयकुमार गौतम, हृदयराम थानी, डा गोविन्द पोखरेल, नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाललगायत वक्ताले पार्टी संघठन विस्तार एवं एकतामा जोड दिएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment