रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डिसी नेपाल
७ पुष २०८१ २०:५१
300
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरद्ध भ्रष्टाचचार गरेको अभियोगमा मसुद्दा दर्ता गरेको छ।

गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, वडा अध्यक्ष प्रशान्त तामाङ र उपभोक्ता समितिका अध्यक्षसहित आठ जनाविरुद्ध विशेष अदालतमा आयोगले मुद्दा दायर गरेको हो।

गाउँपालिकाको वडा नम्बर ४ बोराङस्थित पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माणमा अनियमितता गरेको अख्तियारले जनाएको छ।

लागत अनुमान बमोजिम कार्य नभई कम काम भए गरेको कामलाई बढी गरेको देखाई प्राविधिक मूल्यांकन सहितको नापी किताब तयार एवं कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानी सम्बन्ध टिप्पणी र आदेशलाई सदर गरी १० लाख ८९ हजार ९ सय ८९ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको पाइएको अख्तियारको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *