ठाडोभाका एवं ढिलाे भाकाकी वरिष्ठ गायिका धनमाया तामाङको २० औं स्मृति दिवस सम्पन्न

डिसी नेपाल
८ पुष २०८१ १०:०९
104
Shares

काठमाडौं। लमजुङ जिल्लाको ठेट लोपोन्मुख लोकभाका ठाडोभाका, ढिलाेभाकामा साथै अन्य झ्याउरे भाकाकी वरिष्ठ लोक गायिका धनमाया तामाङको २० औं स्मृत दिवस सम्पन्न भएको छ।

पुस पाँच गते सुन्दर बजार नगरपालिकाको आयोजनामा भएको स्मृति दिवसमा उल्लेख्य सहभागिता थियो। विस १९८७ फागुन २० गते काफलस्वाँरा लमजुङमा जन्मिएकी तामाङले १६ वर्षको उमेरमा सुन्दरबजार नगरपालिका २ निवासी ठाडोभाका तथा लोक भजनका अग्रज गायक चन्द्रबहादुर तामाङसँग ठाडोभाका मै दोहोरी गाएको चिनजानबाट विवाह बन्धनमा बाँधिएकी थिइन्।

२० थरी भन्दा बढी विभिन्न भाका गाउन सक्ने उनी गुरुङ र तामाङ भाषामा समेत ठाडोभाका गाउन सक्ने अन्त्यन्त मेहनती, संघर्षशील, जुझारु, खरो स्वभाव भएकी तामाङ ९ सन्तानकी आमासमेत थिइन्।

सात महिनाको गर्भ हुँदासमेत ६ पाथी नुन र मट्टीतेल बोकी ठोरीबाट १४–१५ दिन लगाएर ल्याएको र पर्सिपल्ट बच्चा खेर गएपनि काम गर्न थालेको उनका छोरा नेपाली सेनाका उपरथी आशबहादुर तामाङले बताए।

कार्यक्रममा तमु आमा समूहका सदस्यले सामुहिक नृत्य प्रदर्शन गरी कार्यक्रममो शोभा बढाएका थिए। उक्त कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले उक्त प्रतिष्ठानको स्मारिका डा.आशबहादुर तामाङलाई हस्तान्तरण गर्नुका साथै धनमाया तामाङ, पञ्चसुब्बा गुरुङ, देउबहादुर पुन, भेडीखर्के साइलाप्रति श्रद्धान्जली व्यक्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *