सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment