आफ्नो नामबाट अरूले सरकारी पैसा ठगेको खुलासापछि सनी लियोनीले के भनिन् ?

डिसी नेपाल
९ पुष २०८१ १६:५६
488
Shares

काठमाडौं । छत्तीसगढमा आफ्नो नाममा रहेको अर्कैको बैंक खातामा सरकारी योजनाबाट पैसा जम्मा भएको विषयमा अभिनेत्री सन्नी लियोनीले प्रतिक्रिया दिएकी छन् ।

उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘महिलालाई सशक्तिकरण र फाइदा दिन ल्याइएको योजनाको यसरी दुरुपयोग भएको थाहा पाउँदा दुःख लागेको छ ।’

सन्नी लियोनीले भनिन्, “म यसको निन्दा गर्छु र यस विषयमा अनुसन्धान गर्न अधिकारीहरूलाई मेरो पूर्ण समर्थन छ।”

छत्तीसगढको बीजेपी सरकारको महत्वाकांक्षी ‘महातारी वन्दन योजना’ अन्तर्गत सन्नी लियोनीको नाममा बैंक खातामा मासिक एक हजार रुपैयाँ जम्मा गरिँदै आएको छ ।’

राज्य सरकारको वेबसाइटमा रेकर्ड गरिएका विवरणहरूका अनुसार माओवादी प्रभावित बस्तरको तलुर आंगनवाडीमा यस नाममा आवेदन दायर गरिएको थियो।

यस खातामा मासिक एक हजार रुपैयाँ दिइने गरेको छ । यद्यपि, विधायक र बीजेपी राज्यका प्रवक्ता अजय चन्द्रकरले त्यस्तो कुनै अनियमितता स्वीकार गर्न अस्वीकार गरेका छन्।

उनले बीबीसीलाई भने, “यो बस्तरको परम्परागत नाम होइन। तर बस्तरमा धर्म परिवर्तन भइरहेको छ। धर्म परिवर्तन भएकी महिलाको नाम सन्नी लियोनी हुनसक्छ। यसलाई कुनै प्रकारको अनियमितताका रूपमा हेर्न सकिँदैन।”

यो विवरण सार्वजनिक भएपछि कांग्रेसले सरकारलाई निशाना बनाएको छ ।

छत्तीसगढमा कांग्रेस पार्टीका प्रवक्ता सुशील आनन्द शुक्लाले बीबीसीलाई भने, “हाम्रो पार्टीले सुरुदेखि नै यो योजना भ्रष्टाचारको योजना हो भनेर भन्दै आएको छ। यस योजनाको फाइदा खाँचोमा परेका मानिसहरूसम्म पुग्दैन, तर पैसा भाजपाका मानिसको खल्तीमा पुग्छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *